सउलमा सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम सम्पन्न

0
243

 

दक्षिण कोरिया, सउल – सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

सुदुरपश्चिमको मौलिक पर्व विशु को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम आइतबार राजधानी सउलमा सम्पन्न भएको हो। कार्यक्रममा कोरियामा कार्यरत सुदुरपश्चिम क्षेत्रका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा लोकप्रिय देउडा गायिका गिता चनाराले कर्णाली र सुदुरपश्चिम क्षेत्रका लोकभाका तथा देउडा गीतहरू प्रस्तुत गर्दै उपस्थितहरुलाई झुमाएकी थिइन्। गायिका चनारालाई समाजका अध्यक्ष महेश भट्टले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा समाजका अध्यक्ष महेश भट्टको सभापतित्व र संरक्षक जितेन्द्र महताको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि महताले विशु पर्वको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पार्दै देशविदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरे।

सांस्कृतिक कार्यक्रममा जितेन्द्र महता, ईश्वर धामी, नरेश रावल, दिपेन्द्र रोकाया, नेत्र कुवँर, कृष्ण भण्डारीलगायतले आ-आफ्ना मौलिक प्रस्तुति राखेका थिए।

अध्यक्ष महेश भट्टले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना दिँदै समाजप्रति दिएको सहयोगको लागि धन्यवाद व्यक्त गरे। कार्यक्रमको सञ्चालन समाजका महासचिव नवराज तिमिल्सिनाले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्