गण्डकी प्रदेश समाजको दोस्रो अधिवेशन मार्च २ मा हुने, अधिवेशनवारे फेब्रुअरि १६मा विशेष जानकारी दिईदै 

0
30
कमला केसी/दक्षिण कोरिया 
गण्डकी प्रदेश  समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामी मार्च २ तारिख आइतबार हुने भएको छ । 
नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागिएको हो । प्रवासी भूमिका नेपाली एकता गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मुल नाराका साथ स्थापित समाजले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । अधिवेशनको तयारी लगायतका विषयमा जानकारी दिने उद्धेश्यले यहि फेब्रअरी १६ तारिक आइतवार विशेष जानकारी सहितकोृ भेटघाट कार्यक्रम आयोजना गरिएको छ । समाजका अध्यक्ष प्रवीण गिरीका अनुसार दोस्रो अधिवेशनको तयारी लगायत के कसरी संचालन गर्ने भन्ने विषयमा समाजका संस्थापक, सल्लाहकार, साधारण, आजीवन सदस्य, जिल्ला कार्यसमिति सल्लाहकार, संरक्षक, बुद्धिजीवी, व्यापारी, पत्रकार एवं शुभचिन्तकहरूमा जानकारी गराउने, रायसुझाव लिने उद्देश्यले भेटघाट कार्यक्रम आयोजना गरिएको हो । 
 
नमस्ते रेष्टुरेण्टको सभाहल दोङ्म्यो, आफ यक ५ नम्वर गेटमा आयोजित भेटघाट कार्यक्रम मध्यान्न १२ बजेदेखि २ बजेसम्म संचालन हुने भएको छ । उक्त कार्यक्रममा सहभागिताका लागि समाजका कार्यसमिति, सल्लाहकार, संस्थापक, विभागीय संयोजक सदस्यहरू, पूर्व जिल्ला अध्यक्षहरू, जिल्ला कार्य समिति, सल्लाहकार, संरक्षक, बुद्धिजीवी ,व्यापारी, पत्रकार एवं शुभचिन्तकहरूमा निमन्त्रणा गरिएको छ । 
अधिवेशन तय गर्न बसेको समाजको बैठकले दिपक पुनको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यहरुमा डा. टिकाराम अर्याल, खोमप्रसाद गुरुङ, विदुर शर्मा र दिपक केसी रहनुभएको छ । 
त्यसैगरी समाजको विधान संशोधनका लागि डा. एकराज बरालको संयोजकत्वमा डा. सन्जु पौडेल, अशोक थापा, लेसन गुरुङ, दिपक थापा मगर, पदेन सदस्य प्रवीण गिरी र विदुर शर्मा रहेको समिति गठन गरिएको छ । 
अधिवेशनमा हरेक जिल्लावाट पाँच जना प्रतिनिधि पठाउने निर्ण भएको छ भने कार्यसमिति, विभागिय सदस्य, सल्लाहाकार र संस्थापक स्वःत प्रतिनिधि हुनेछन् । 
अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कार्यविभाजन गरेर विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्