जनप्रिय आधारभुत विद्यालयले स्वर्ण महोत्सव मनाउँदै

0
46

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२, धनमुडामा अवस्थित जनप्रिय आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ ।
आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसरमा यही माघ २१ र २२ गते विविध कार्यक्रमको आयोजना गर्दै स्वर्ण महोत्सव मनाउने भएको हो ।
स्वर्ण महोत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पराजुलीको संयोजकत्वमा दुई सय एक सदस्यीय स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिएको छ ।


त्यसैगरी आर्थिक उपसमिति, भूपू विद्यार्थी तथा विदेश समन्वय समिति, स्तम्भ निर्माण समिति, स्मारिका प्रकाशन समिति, स्वयंसेवक समिति, प्रचारप्रसार समिति लगायत विभिन्न उपसमितिहरू गठन गरी तयारीका कामलाई तीव्र बनाइएको छ ।
महोत्सवलाई सफल बनाउन सम्पूर्ण अभिभावक, शिक्षाप्रेमी, र समाजसेवीहरूसँग आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन व्यवस्थापन समितिका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक टिकाराम पराजुलीले आग्रह गर्नुभएको छ ।


विद्यालयका प्रधानाध्यापक खगिसरा गौडेलका अनुसार विभिन्न उपसमितिहरूको बैठक बसेर तयारीका कामलाई तीव्रता दिइएको छ । स्वर्ण महोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, अभिभावक खेलकुद प्रतियोगिता, गतवर्षको पुरस्कार वितरण, नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता (भूपू विद्यार्थी मञ्चको व्यवस्थापनमा), भूपू शिक्षक, जग्गादाता, र संस्थापकहरूको सम्मान लगायतका कार्यक्रमहरु हुने भएका छन् ।

विद्यालयको स्वर्ण महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि कार्यक्रममा सहभागिता जनाउन सबैलाई विद्यालयले निमन्त्रणा गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्