दक्षिण कोरियामा आगामी २८ तारिकमा “माछापुच्छ्रे सांगीतिक साँझ भाग ४” आयोजना हुने

0
60

कमला केसी /दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले आपतकालीन राहतकोष अभिवृद्धिको लागि माछापुच्छ्रे सांगीतिक साँझ भाग– ४ आयोजना गरेको छ ।
यहि जनवरी २८ का दिन विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो । कोरियन नयाँ वर्ष (सलनाल) को अवसरमा आयोजना हुने यस कार्यक्रममा नेपालको लोकप्रिय ब्यान्ड १९७४ ब्म् ले आफ्नो प्रस्तुतिले मनोरञ्जन प्रदान गर्ने भएको छ । कार्यक्रममा ब्यान्डले “गुराँसै फुल्यो”, “यो मन त मेरो नेपाली हो” लगायतका दर्जनौं चर्चित गीत प्रस्तुत गर्ने भएको छ ।
कार्यक्रमके मुख्य प्रायोजकमा वेसिस इमिग्रेसन ग्रुप अमेरिका र एसएनवी कन्सल्ट्यान्सी रहेका छन् भनेसह प्रायोजकमा पोखरा रेष्टुरेन्ट एन्ड बार (छुङ्छन बोक्दो जिन्छन गुन) रहेको छ ।
कार्यक्रम सपल बनाउनका लागि हस्पिटालिटी पार्टनरमा देउराली नेपाली रेष्टुरेन्ट, रेमिटान्स पार्टनरमा हानपास रेमिटान्स, मोबाइल पार्टनरमा नमस्ते मोबाइल र ट्राभल पार्टनरमा ड्रिम होरिजन टुर्स एन्ड ट्राभल रहेका छन् ।
कार्यक्रमका मिडिया पार्टनरहरूमा न्युज केन्द्रविन्दु, विशाल आवाज, आईएमई मिडिया, कोरिया अपडेट, लाभा मिडिया, रेडियो गोर्खाली, जनआवाज अनलाइन, कामदार दैनिक लगायतका संस्थाहरु रहेका छन् ।
कार्यक्रमलाई सफल बनाउन संरक्षक समिति संयोजक खोम प्रसाद गुरुङ को नेतृत्वमा आयोजक समिति गठन गरिएको छ ।
जसमा समन्वयको जिम्मेवारी संरक्षक परिषद सदस्य प्रविण गिरीलाई दिईएको छ भने आर्थिक संयोजकमा वरिष्ठ सल्लाहकार आरती ह्योल्मो रहनुभएको छ । यसैगरी प्रचारप्रसार संयोजकमा सल्लाहकार टेकनाथ भण्डारी रहनुभएको छ ।
कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यसपटकको सलनाललाई संगीतले रंगिन बनाउन आग्रह गरेको छ ।
संस्थाले कार्यक्रम स्थल र समयबारे थप जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
थप जानकारीका लागि ब्यानरमा उल्लेखित नम्वरहरुमा सम्पर्क गर्न सकिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्