कमला केसी/दक्षिण कोरिया
सुदूरपश्चिम् समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ । आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत महेश भट्टको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन भएको हो ।
कोरियाको राजधानी सौलमा १८औ अधिवेशन भएको थियो । अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह–कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन् । जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन् ।
सुदूरपश्चिम् समाज कोरियामा लामो इतिहास बोकेको सुदूरपश्चिमेलीहरुको साझा संस्था हो । यसले सुदूरपश्चिमको संस्कृति र परम्परालाई कोरियामा विभिन्न कार्यक्रमहरु आयोजना गरि प्रचारप्रसार र प्रवद्र्धन गर्दै आइरहेको छ ।