दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न

0
97

कमला केसी/दक्षिण कोरिया

दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियन नागरिकसँग बिवाह गरेर आएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि सेमिनार आयोजना गरेको हो ।

“कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस “ बिषयक सेमिनार -२०२४ कार्यक्रम यहि जनवरी २४ गते आइतवार सउलमा सम्पन्न कार्यक्रममा बिशेषत कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई विभिन्न शिर्षकमा प्रशिक्षण गरिएको थियो कार्यक्रममा कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष र अधिकारहरु, भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु, कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू र उनिहरुका सफलताका कथाहरु र भावी योजनाका बारेमा कोरियाका कानुनविद पार्क कुमसोङ ( park kumsong), प्रोफेसर योककुक किम (yongkuk kim) नेपाली चेली कोरियन प्रहरीमा कार्यरत सम्झना राई एवं एनआरएनए महिला संयोजक निला राईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

नेपाली समुदायलाई सहयोग पुग्ने गरि कार्यक्रम गरिएको बताउँदै अध्यक्ष बुद्धि गुरुङले आगामी दिनमा पनि अति आवश्यक र ओझेलमा परेका बिषयमा एनआरएनएले काम गर्ने प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा कोरिया स्थित महिला दिदिबहिनी एवं सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव केशव थापाले गर्नुभएको थियो । उक्त अवसरमा संचारकर्मिहरुलाई सम्मान समेत गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्