पर्वत समाज दक्षिण कोरियाको अन्तरसंवाद तथा सम्मान कार्यक्रम सम्पन्न

0
12

कमला केसी/दक्षिण कोरिया
पर्वत समाज दक्षिण कोरियाको आयोजनामा कोरिया भ्रमणमा पुग्नुभएका नेपाली प्रतिनिधिमण्डलसँग अन्तरसम्वाद तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व स्वास्थ्य मन्त्री एवं सांसद पदम गिरी, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसी, र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा. डा. देवराज अधिकारीलाई स्वागत र सम्मान गरिएको हो । दक्षिण कोरियामा विभिन्न शैक्षिक तथा राजनीतिक गतिविधिहरूका लागि उहाँहरु गत साता दक्षिण भ्रमणका लागि यहाँ आउनुभएको थियो ।
पर्वत समाजले सुवनस्थित कामना हलमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको समस्याप्रति विशेष ध्यान दिने र तिनको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बाह्य मुलुकमा पढ्न जाने विद्यार्थीहरूले सामना गर्ने चुनौतीहरूलाई ध्यानमा राख्दै, विश्वविद्यालय र सम्बन्धित निकायमार्फत ती समस्याहरूलाई समाधान गर्दै जाने योजना रहेको स्पष्ट पार्नुभयो ।
पूर्व स्वास्थ्य मन्त्री एवं सांसद पदम गिरिले प्रवासमा रहेका नेपालीहरूको मुद्दाप्रति संवेदनशील रहेको र तिनलाई सम्बन्धित निकायमा उठाउन तथा आवश्यक कदम चाल्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नेपाली समुदायको हितमा काम गर्न सधैं तयार रहेको बताउँदै अब स्वदेशमै फर्किएर उद्यम व्यावसायमा लाग्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष बिमल खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सल्लाहकार डा. सन्जु पौडेल, सल्लाहकार नन्द गुरुङ, तथा सोनसिकका पूर्वअध्यक्ष मेघनाथ पौडेल, बागलुङ समाजका अध्यक्ष भूमिराज भुसाल र कास्की परिवारका सह-कोषाध्यक्ष अर्जुन बरालको पनि सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष दिपक केसीले प्रमुख अतिथि र सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अतिथिहरूको योगदानप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्