दशैको दिन गण्डकी प्रदेश समाजले सामुहिक टिका ग्रहण कार्यक्रम गर्दै

0
30

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामामा सक्रिय गण्डकी प्रदेश समाजले सामुहिक टिका ग्रहण कार्यक्रमको आयोजना गरेको छ ।
नेपालीहरुको महान पर्व बडादशैको अवसरमा आगामी अक्टोवर १२ तारिक साँझ ७ बजेवाट टिका ग्रहण कार्यक्रम आयोजना गरिएको हो । नेपाली धर्मसंस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहबीच आपसी मेलमिलाप, माया, ममता स्नेह र भाईचाराको विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।
दक्षिण कोरियास्थित सुवनमा हुने कार्यक्रममा सामुहिक टिका ग्रहण सँगै नेपाली पञ्चे बाजाका साथै नेपाली खानाका परिकारहरुको समेत व्यवस्था गरिएको गिरीले बताउनुभयो । कार्यक्रममा विशेषगरी गण्डकी प्रदेशका ११ वटै जिल्लावाट विभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका दाजुभाई तथा दिदीबहिनीहरुका साथै अन्य प्रदेशका सम्पुणर् नेपालीहरुले सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
आफुभन्दा ठुला तथा मान्यजनवाट आर्शिवाद लिने र शुभकामना आदानप्रदान समेत गरिने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि समाजद्धारा सम्पुणर् नेपालीहरुमा हार्दिक अनुरोध गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्