आगामी अक्टोबर १३ मा हुने बृहद दशै महोत्सव-२०२४ तयारी तीब्र

0
23

कमला केसी/दक्षिण कोरिया
नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा दक्षिण कोरियामा आगामी अक्टोबर १३ बृहत दशै महोत्सव-२०२४ को तयारी अन्तिम तीब्र पारिएको छ ।
विभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरु दाजुभाई, दिदीबहिनीहरुमा बडादशै पर्वको महत्व र संस्कृति उजागर गर्नका लागि बृहद दशै महोत्सव गर्न थालिएको हो । विदेशमा पनि नेपालीे संस्कृतिको सम्वद्र्धन तथा प्रवर्दन गरी नेपालीहरुको राष्ट्रिय चिनारी एवं पहिचान झल्काउने उदेश्यले एनआरएनए दक्षिण कोरिया, पाँच स दक्षिण कोरिया, आन्सान नगरपालिका दक्षिण कोरियाको प्रमुख आयोजना तथा नेपाली राजदुतावास दक्षिण कोरियाको समन्वय र नेपाली सम्पर्क समिति -एनसीसी) दक्षिण कोरियाको सहजीरकणमा कार्यक्रम आयोजना गरिएको हो ।
महोत्सवको विशेष सहयोगीमा प्रवासी नेपाली एकता समाज, सुदूरपश्चिम प्रदेश समाज, बागमती प्रदेश समाज, गण्डकी प्रदेश समाज, कणर्ाली प्रदेश समाज, लुम्बिनी प्रदेश समाज रहेका छन् भने अन्य आयोजक संस्थाहरु, नेपाल तराई समाज, हामी नेपाली ग्लोबल दक्षिण कोरिया, नेपाली विद्यार्थी सङ्घ(सोनसिक), स्याङ्जा परिवार, अर्घाखाँची सम्पर्क मञ्च, सिन्धुपाल्चोक समाज, पर्वत समाज, तनहुँ समाज, भोजपुर परिवार, सुर्खेत समाज, गुल्मी सम्पर्क समिति, फ्यङ्थेक माईग्रेन्ट हीलिङ सेन्टर, मोना दक्षिण कोरिया, मधेसी समाज दक्षिण कोरिया, अनेसास कोरिया च्याप्टर, दोलखाली समाज, उद्यमशील युवा मञ्च, दैलेख समाज, आन्सान नेपाली समाज, चितवन सम्पर्क समिति, रामेछाप सम्पर्क समिति, काभ्रे सम्पर्क समिति, कालीगण्डकी समाज, ख्यंगी ख्वाङजु नेपाली एकता समाज रहेका छन् ।
आगामी अक्टोवर १३ तारिक आईतबार आन्सान शहर, दक्षिण कोरियामा मनाईने कार्यक्रमको बारेमा यस अघिनै पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको थियो । महोत्सवको आकर्ष देवी पूजा (नेपाली साँस्कृतिक घर साझामन्दिर तथा पुस्तकालयमा), पन्चेबाजा सहित नगर परिक्रमा, दशैँको महत्व झल्कने गरी औपचारिक कार्यक्रम, टीका -जमरा कार्यक्रम, नेपाली परिकारहरुको साथमा कोरियन खानाका स्टलहरु, नेपाली तथा कोरियन मौलिक पोशाक हरुको प्रदर्शनी, विभीन्न जात जातिका झाँकी सहितका मौलिक सांस्कृतिक प्रस्तुतिहरु रहेका छन् ।
बृहद दशै महोत्सवमा नेपालीका साथै कोरियन र अन्य विदेशीहरुको समेत सहभागिता रहने अपेक्षा गरिएको छ । सो अवसरमा विभिन्न नेपाली तथा कोरियन खानाका परिकारहरुको ब्यवस्था गरिएको कार्यक्रम संयोजक विष्णु थापाले जानकारी दिनुभयो ।
दक्षिण कोरियामा रहेका नेपाली आप्रवासीहरु विच आपसी सदभाव, भाईचारा र भावनात्मक सम्बन्धको विकास हुने आयोजकको अपेक्षा छ । यस्ता खालका कार्यक्रम विगत ७ वर्ष देखि दक्षिण कोरियाका विभिन्न स्थानहरुमा नेपाली परम्परा अनुसार मनाउदै आएको संयोजक थापाले बताउनुभयो ।
महोत्सव सम्पन्न गर्नका लागि ७२ लाख ५० पचास हजार वन खर्च लाग्ने अनुमान गरिउएको छ । कार्यक्रमलाई आन्सान् सिटी, दक्षिण कोरियाको व्यवस्थापकिय सहयोगसंगै आयोजक संस्थाहरुको स्वेछिक सहयोग रहेने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रम सफल पार्नका लागि आर्थिक सहयोग गर्न चाहने महानुभावले तल उल्लेख गरिएको बैंक खातामा रकम जम्मा गरिदिनुहुन पनि आयोजकले अनुरोध गरिेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्