कमला केसी/दक्षिण कोरिया
नेपालीहरुको महान पर्व बडादशैको अवसरमा फोनमनि एप्सले नयाँ अफर ल्याएको छ । अब दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न सकिने अफर ल्याएको हो ।
घर जित्नको लागि अब फोनमनीवाट इसेवा मनी ट्रान्सफर मार्फत इसेवा वालेटमा पैसा पठाउन घर नै उपहार पाईने भएको छ । इसेवा मनि ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनी मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन् ।
दशैं तिहार लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र जारी रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट “दशैं खर्च ईसेवामा घर काठमाण्डौमा“ भनेर फोनमनी मार्फत पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर सार्वजनिक गर्दै फोनमनीको अधिकतम प्रयोग गरी घर जित्ने सुनौले अबसर प्राप्त गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी कोरियामा पछिल्लो समय संचालनमा रहेको फोनमनी मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्ने हमालले जानकारी दिनुभयो ।
यसैबीच कम्पनीको हरेक हप्ता डबल पैसा योजना अन्तर्गत टिकाराम शर्मा १० औ बिजेता बन्न सफल हुनुभएको छ । गत साता सुदन प्रसाद बस्याल ९ औ बिजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामाङ, सातौ हप्तामा बिमल राई विजेता बन्नुभएको थियो ।
हालसम्म १० औ हप्तासम्म फोनमनीले साप्ताहिक बिजेता चयन गरि सकेको छ । १ करोडको योजना रहेको २०२४ वर्षभरि साप्ताहिक फोनमनीको हरेक हप्ता ठबल पैसा योजना जारी रहने कम्पनीले जनाएको छ । हरेक साता सोमबारबाट आईतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्ने कम्पनीको भनाई छ ।
कोरियामा बढदो स्क्याम र खाता नम्वर ह्याक हुने समस्यावाट बच्न फोनमनी एपलाई डाईरेक्ट फिचरको रुपमा राखिएको छ । यो अन्तर्गत कुनै पनि नयाँ मोवाई डिभाईसवाट लग अनको प्रयास हुनासाथ फोनमनि एकाउण्ट आफै लक हुने भएकाले ग्राहकका लागि लाभदायी रहेको कम्पनीको दावी छ ।
फोनमनीले नेपालमा पैसा पठाउँदा शुन्य सेवा शुल्क सहितको सेवा प्रदान गर्दै आइरहेको छ । अत्यन्त सरल एपमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको फोनमनीे कोरियाका सेवाग्राहीलाई उत्कृष्ट सेवा दिई रहेको दावी गरेको छ।
संचालनको छोटो समयमा “फोनमनी नेपालीहरुको विश्वासिलो रेमिट“ बनेको कम्पनीको दावी छ ।