दक्षिण कोरियामा हुने ‘रमाईलो छुसक साँझ- २०२४’ को तयारी अन्तिम चरणमा, प्रवेश शुल्क परिमार्जन

0
171

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको महान चाड छुसकको अवसरमा आयोजना गरिएको रमाईलो छुसक साँझ २०२४ को तयारी तीब्र पारिएको छ ।
नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेन्मेन्ट प्रालिले आगामी सेप्टेम्वर १६ तारिक सोमवार साँझ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चर्चित र्‍यापर डिएनएक्स को विशेष प्रस्तुती रहने भनिएपनि उहाँको भिषा प्रकृयामा समस्या परेको आयोजकले जनाएको छ । डिएनएक्सको सहभागिता गराउन असमर्थ भएपनि तोकिएकै मिति र समयमा कार्यक्रम भने गरिने भएको छ । कार्यक्रममा अर्का चर्चित र्‍यापर दोर्जे जोजो, रुविन, अनिश केसी र डिजे एपी तेन्जिङको विशेष प्रस्तुती रहने भएको छ ।
कार्यक्रमको होस्टमा मिनु मोक्तान रहनुभएको छ ।
सेप्टेम्वर १६ तारिक साँझ ८ बजेदेखि कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रम दक्षिण कोरिया स्थित 서울 뉴성북라이온스 클럽 서울 성북구 동소문로 20나길 47  मा हुने छ ।
यस अघि प्रचार गरिएका चर्चित र्‍यापर डिएनएक्स को प्रस्तुती राख्न आयोजक असमर्थ हुँदा यसवाट दर्शक तथा समर्थकहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहँदै कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि सम्पुणर् कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले आमन्त्रण गरेको छ । आयोजकले प्रवेश शुल्कमा समेत परिमार्जन गरेको छ । यस अघि ३५ हजार वन तोकिएकोमा घटाएर ३० हजार वन कायम गरिएको कार्यक्रम संयोजक आरके पहारी श्रेष्ठले जानकारी दिनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्