लोकराज न्यौपाने/दक्षिण कोरिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरको सातौ अधिवेशन आगामी सेप्टेम्वर १७ तारिकमा हुने भएको छ ।
कोरियाको महान चाड छुसकको अवसरमा छुसक कै दिन अधिेशन गर्न लागिएको हो । अधिवेशन सँगै काव्य सुधा १६५ औँ श्रृङ्खला रचना वाचन,तथा डीइबी सिकारुकृत यौवन हराएको मान्छेु लोकार्पण कार्यक्रम समेत गरिने भएको छ ।
सौल स्थित दोङ्देमुन शुभेच्छा रेस्टुरेन्टको हलमा हुने कार्यक्रम बिहान १० बजेदेखि शुरु हुने भएको छ । कार्यक्रम मा रचना वाचनमा गजल तर्फ दीप प्रदीप कुमार, कविता तर्फ भरत खत्री र मुक्तक तर्फ सञ्जय घिमिरेको विशेष रचनावाचन प्रस्तुती रहने छ भने अन्य उपस्थित साहित्यकारहरूको पनि रचना वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
त्यसैगरी डिईबि सिकारु को ‘यौवन हराएको मान्छे’ कृति लोकार्पण पनि हुँने भएको छ । कार्यक्रममा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति र विभिन्न संघसंस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाका शुभचिन्तकहरूको माझ नयाँ कार्यसमिति गठन हुने संस्थाका महासचिव लोकराज न्यौपानेले जानकारी दिनुभएको छ ।
कर्यक्रलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि कोरियामा रहेर साहित्यमा कलम चलाउने र साहित्यिक संस्थामा आबद्ध हुन इच्छुक सवैलाई अधिवेशनमा सहभागिताका लागि आयोजकले आमन्त्रण समेत गरेकमो छ ।