नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खानले निर्देशक राजकुमार हिरानीसँग पहिलोपटक डंकीमा काम गरेका छन् । अहिले यो फिल्म हलमा चलिरहेको छ । तर यसअघि नै हिरानीले किंग खानलाई मुन्नाभाई एमबीबीएस र थ्री इडिएट्सजस्ता फिल्म पनि अफर गरेका थिए ।
हालै साउदी अरबको एमबीसी ग्रुपसँगको एउटा अन्तर्वार्तामा शाहरुखले हिरानी र आफ्नो सम्बन्धबारे बताएका थिए । मुन्नाभाईका लागि शाहरुख हिरानीको फस्ट च्वाइस थिए । फिल्मको स्क्रिप्ट नै नसुनी उनले हुन्छ भनेका थिए । शाहरुख र हिरानी पुराना साथी थिए ।