कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको महान चाड छुसकको अवसरमा हिमालयन सांगितीक धमाका २०२४ हुने भएको छ ।
कोरियामा सक्रिय शेर्पा संघले आगामी सेप्टेम्वर १७ तारिकमा कार्यक्रम आयोजना गरेको हो । छुसकको दोस्रो दिनको अवसरमा आयोजना गरिएको कार्यक्रमको आइतवार पत्रकार सम्मेलन गरी पोष्टर सार्वजनिक गरिएको छ ।
विपत् व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष दोर्ची शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रममा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । नेपालका ख्याति प्राप्त कलाकार निमा रुम्वा, गायिका समिक्षा अधिकारी, गायक मिङ्मा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शर्मा, सुनिल शाक्य लगायतको प्रस्तुती रहने भएको छ ।
अहिले कार्यक्रमको तयारी तीब्र पारिएको छ । कार्यक्रममा सहभागि हुने कलाकारहरुको भिषा व्यवस्थापन प्रकृया समेत पुरा भैसकेको कार्यक्रम संयोजक थुतुङ गेल्जी शेर्पाले जानकारी दिनुभयो । उक्त कार्यक्रमको समन्वय तथा सहकार्य नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले गरेको संयोजक शेर्पाले जानकारी दिनुभयो ।
कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहीनीहरुका लागि आईपर्ने समस्या तथा नेपालमा हुने विभिन्न विपद सम्वन्धि घटनाहरुमा सहयोग गर्नका लागि कोष स्थापना गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिउको हो ।
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनका लागि शेर्पा समुदायका सार्थीहरु एकजुट भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले नेफिन कोरियाले समेत आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्घा काङ्भा लिम्बु, तमु धीँ दक्षिढा कोरियाका अध्यक्ष रुपा गुरुङ र थारु कल्याणकारी सभाका पुर्व अध्यक्ष शिवशंकर थारुले पनि कार्यक्रम सफलताको शुभामना व्यक्त गर्दै आवश्यक सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रम दिउँसो २ बजेदेखि 서울시 종로구 대학로3길 29, 지하철 1호선 종로5가역 2번출구 बाट २५० अगाडी हुने छ ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले सहभागिताका लागि आमन्त्रण समेत गरेको छ ।







