कमला केसी/दक्षिण कोरिया
पुस्तकालय निर्माणको सहयोगार्थ दक्षिण कोरियामा आगामी सेप्टेम्बर १७ तारिकमा “सेलो नाइट विथ विश्व दोङ” हुने भएको छ ।
साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको आयोजनामा कोरियन चाड छुसकको दोश्रो दिन सेप्टेम्बर १७ तारिखमा “सेलो नाइट विथ विश्व दोङ” को आयोजना हुने भएको हो । सौलको दोङदेमुन नजिक रहेको 서울특별시 성북구 동소문로20 나길47, 지하2층 8201호 हलमा कार्यक्रम हुने भएको छ ।
कार्यक्रमको बारेमा हिजो आईतवार आयोजित पत्रकार सम्मेलनमा बिस्तृत जानकारी दिईएको थियो । सो अवसरमा कार्यक्रमको पोष्टर समेत सार्वजनिक गरिएको थियो ।
‘पुस्तकालय निर्माण सहयोगार्थ’ स्वरुप आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आउने ख्याति प्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने भएको छ । सेलो गायक विश्व दोङ संगै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।
कार्यक्रममा कलाकारहरू डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको पनि प्रस्तुती रहने छ ।
सेलो नाइट कार्यक्रममा मुख्य रुपमा सेलो गीत तथा सेलो नृत्य सम्बन्धी विशेष प्रस्तुती रहनुका साथै र्यापर र डिजेले पनि माहोल तताउने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि गायक विश्व दोङको भिसा लागिसकेको समेत आयोजकले जनाएको छ ।
कार्यक्रमको प्रवेश शुल्क ३ मान वन कोरियन तोकिएको छ भने भीआईपी टिकट शुल्क ५ मान वन तोकिएको छ । कार्यक्रमको तयारी तीब्र रुपमा चलिरहेको आयोजक संस्थाका कार्यकारी सदस्य निर योञ्जनले जानकारी दिनुभएको छ । अन्य समाजहरुको कार्यक्रमलाई असर नपर्ने गरी १७ तारिखको राती कार्यक्रम गर्न लागिएको कार्यकारी सदस्य निर योञ्जनले बताउनुभयो ।
कार्यक्रम राती ८ बजे देखि डोर ओपन भएर बिहान ६ बजे डोर क्लोज गरिने छ । कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि आयोजकले कोरिया स्थित सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आमन्त्रण गरेको छ ।