कोरिया रिटर्नि उद्योगी व्यावसायिहरुको ऐतिहासिक भेटघाट रुपन्देहीमा सम्पन्न, तदर्थ समिति गठन

0
541

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा रोजगारि गरि नेपाल फर्किएर बिभिन्न उद्योग व्यावसाय र व्यापारमा आवद्ध रिटर्निहरुको पहिलो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

रुपन्देही जिल्लाको योगिकुटि स्थित दरवार लावनमा मंगलवार सम्पन्न कार्यक्रममा दक्षिण कोरियाको बसाई सकेर फर्किएका नेपालका विभिन्न जिल्लाका युवाहरु सहभागि भएका थिए । भेलाले गम्भिर गुरुङको संयोजकत्वमा २१ सदस्यीय “नेपाल-कोरिया साना तथा मझौला व्यावसायिक परिषद’’ को तदर्थ समिति निर्माण गरेको छ । भेलाले नवगठित नेपाल-कोरिया साना तथा मझौला व्यावसायिक परिषदलाई छिटै दर्ता तथा कानूनी मान्यता दिलाउने प्रकृयामा लैजाने निणर्य समेत गरेको छ ।


नव गठित तदर्थ समितिका सदस्यहरुमा सागर प्रसाद नौपाने, दिनेश मणि सुवेदी, शिशिर पौडेल, राजेन्द्र बस्याल, ऋषिराम बस्याल, अन्जु के.सी. (डोलकुमारी खत्री ), कृष्ण गौतम ( किशन), खिमानन्द भण्डारी, थानेश्वर कोइराला, राम प्रसाद घिमिरे, छविलाल पौडेल, सुरेश बहादुर क्षेत्री, प्रकाश भुषाल, वैजनाथ चौधरी, ओम प्रकाश पाण्डे, बुद्धिराम पौडेल, पोषराज खनाल, लालमोहन स्वणर्कार, पिताम्बर ज्ञवाली र शुरेस के. सी रहनुभएको छ ।
नेपाल र कोरिया दुइ देशबीचको व्यापार र व्यावसायलाइ जोड्दै स्वदेशमा रोजगारि सृजना गरि देशको आर्थिक विकासलाइ टेवा पुर्‍याउने उदेश्यका साथ गठन गरिएको उक्त संस्थाले कोरियाबाट फर्केर व्यावसायमा आवद्ध सम्पुणर् रिटर्निहरुलाइ एकतावद्व गर्दै समुहिक लगानी तथा व्यावसायका आधारहरुको खोजी गर्ने जनाएको छ ।


उल्लेख्य व्यावसायिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा दक्षिण कोरिया तथा नेपालमा लामो समय देखि व्यावसायको अनुभव बटुलेका व्यावसायि रुद्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका सम्योजक गम्भिर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सागर प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको भने कार्यक्रमको उद्धेश्यमाथि प्रकाश राजेन्द्र बस्याल र संचालन किशन गौतमले गर्नुभएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्