कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वास्थ्य उपचार सेवा दिने उद्धेश्यले टेलिमेडिसिन सेवा शुरु भएको छ ।
गैरआवासीय नेपाली संघ एनआएनए दक्षिण कोरियाको समन्वयमा धुलिखेल अस्पतालले आज अगष्ट १९ तारिकदेखि टेलिमेडिशिन सेवा शुरु गरिएको हो । धुलिखेल अस्पतालमा कार्यरत कुनैपनि विशेषज्ञ डाक्टरहरुवाट कम्प्युटरको माध्यमवाट विभिन्न रोगको उपचार तथा परामर्श गर्ने व्यवस्था मिलाईएको संघका युवा संयोजक युविन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य सम्वन्धि जुनसुकै समस्या भएका बिरामीले भाईवर, ह्वाट्सएप वा इमेल र फोन नम्वरवाट आफ्नो नाम र समस्याको विवरण टिपाउन सक्ने भएका छन् । सोहि आधारमा सम्वन्धित विशेषज्ञ डाक्टरले सम्पर्क गरी समस्याको समाधान गरिदिने श्रेष्ठले बतायनुभयो ।
उपचार सेवाका लागि हरेक दिन छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । उपचार शुल्क तीन सय रुपैया तोकिएको छ । सेवा शुरु भएपछि पहिलोपटक उपचार गराउने एक सय जनाको उपचार शुल्क गैरआवासीय नेपाली संघ एनआरएनए ले सहयोग स्वरुप ब्यहोर्ने भएको छ ।
कोरियामै बसेर स्वदेशी डाक्टरहरुवाट उपचार सेवा लिन पाउँदा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज हुनुका साथै आर्थिक रुपमा समेत सर्वसुलभ हुने भएको छ । हरेक नेपालीले आफ्ना समस्या फोन, भाईवर, ह््वाट्एपवाट टिपाउनका लागि पनि युवा संयोजक श्रेष्ठले आग्रह गर्नुभएको छ ।