कमला केसी/दक्षिण कोरिया
लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले हिमाल खनालको अध्यक्षतामा २७ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा मदन गौतम, उपाध्यक्षमा किरण बन्जाडे, नरेश शर्मा, विज्ञान अर्याल, मिलन थापा मगर, नारायण न्यौपाने, बिरेन्द्र राहु मगर, महिला उपाध्यक्षमा नमुना ज्ञावली रहनुभएको छ ।
त्यसैगरी समाजको महासचिबमा जयराम खनाल, सचिवमा दामोदर भुसाल, बिष्णु थापा, प्रकाश न्यौपाने, महिला सचिबमा वर्षा भण्डारी, र कोषाध्यक्षमा जितेन्द्र के सी तथा सह-कोषाध्यक्षमा राजेश कुमार चौरसिया रहनुभएको छ ।
समाजको साहित्य संयोजकमा शुशिल बि क, युवा संयोजकमा खगेन्द्र कुमार घर्तिमगर, विद्यार्थी संयोजकमा सनु खनाल रहनुभएको छ भने सदस्यहरुमा युवराज गौतम, सन्दिप न्यौपाने, सिद्धान्त कार्कि, राज गौतम, जिवन थापा, तुल्सीराम खनाल, नारायण खनाल र दिनेश पराजुली रहनुभएको छ ।
समाजले सामाजिक, शैक्षिक तथा पर्यटनको क्षेत्रमा विभिन्न गतिविधिहरु गर्दै आएको छ ।