कमला केसि / दक्षिण काेरिया
दक्षिण कोरियामा ‘भविष्यका शहरहरुको शसक्तिकरणः दिगो विकासका लागि स्मार्ट समाधानहरु’ विषयक छलफल गोष्ठि सम्पन्न भएको छ ।
Korea Academic Society of Digital Convergence (KASDC), Korea Small and Medium Business Association, Korea Institute of Digital Convergence, Korea Migrant House, NRN Asia Pacific Coordinator, and Korea-Nepal Economic Cooperation Association द्धारा संयुक्त रुपमा नेपालका विभिन्न ३० वटा नगरपालिकाका नगरप्रमुखहरुको साथमा दक्षिण कोरियामा छलफल गोष्ठी आयोजना गरिएको हो । आज शुक्रवार विहान ९ बजेदेखि कोरियाको राष्ट्रिय सभाको मुख्य सम्मेलन केन्द्रमा कार्यक्रम संचालन गरिएको थियो । गोष्ठिमा नेपालको तर्फबाट बिभिन्न नगरपालिकाका नगरप्रमुखहरु तथा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सभाका सांसदहरु, नेपाली र कोरियन सामाजिक अभियन्ता लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कोरियाको विकासको मोडल र प्रविधीको बारेमा जानकारी लिने तथा दुइ राष्ट्रबिचको सम्बन्ध र समन्वयलाइ अझै प्रगाढ बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कोरियामा भैरहेको विकास, निर्माणको बारेमा आवश्यक ज्ञान लिई नेपालमा पनि सोहि मोडेलको विकासको थालनी होस् भन्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कोरिया-नेपाल संसदीय आदानप्रदान समितिका अध्यक्ष ली साङ हेनले, प्राध्यापक दे वान किम, पीएचडी अध्यक्ष, कोरिया एकेडेमिक सोसाइटी अफ डिजिटल कन्भर्जेन्स सह-अध्यक्ष, जोहान र्यो, पीएचडी प्रोफेसर, हान्याङ विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन सियोल र उपाध्यक्ष, कोरिया एकेडेमिक सोसाइटी अफ डिजिटल कन्भरजेन्स लगायतले बोल्नुभएको थियो ।
गोष्ठिमा कोरिया र नेपाल दुई देशबीचको ऐतिहासिक सम्बन्ध, हालको कूटनीतिक, आर्थिक र सांस्कृतिक आदानप्रदान, दुई देशबीचको सम्बन्धको महत्व, सहयोग र चुनौतिहरूका लागि अवसरहरू विषयमा घनिभुत छलफल भएको थियो । त्यसैगरी दुई मुलुकबीचको आर्थिक र व्यापारिक अवसरहरू, व्यापार सन्तुलन, सहयोगका बाधाहरू शिक्षा र प्रविधि, विनिमय, प्रविधि स्थानान्तरण, अनुसन्धान र विकास, संयुक्त संस्कृति र समाज, सांस्कृतिक आदानप्रदान कार्यक्रम, संयुक्त सांस्कृतिक उत्सव, भाषा, र शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन प्रतिक्रिया, विपद् व्यवस्थापन सहयोग, ऊर्जा, र स्रोत व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।
सो अवसरमा कोरियाको आर्थिक वृद्धि सफलताको कथाबा बारेमा कोरिया आप्रवासी हाउसका सीईओ ली बोङ-सुले आफ्नो प्रस्तुति दिनुभएको थियो भने कोरियाबाट बिकासका आयामहरु र कोरियाको सिकाई बिषयमा सम्पूणर् गाउँपालिकाको तर्फबाट जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्षमण बहादुर शाहीले आफ्नो प्रस्तुति दिनुभएको थियो ।
नेपालको तर्फबाट नेपाली राजदुतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले नेपाल र कोरिया सम्बन्धको बिषयमा आफ्नो भनाई राख्नुभएको थियो । भाषा सहजीकरण कार्यक्रम व्यवस्थापक यज्ञ सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको उद्धेश्यका बारेमा डा.देवि बस्नेतले प्रकाश पार्नुभएको थियो ।
दक्षिण कोरियाको गिमे नगरपालिका र छोङदो नगरपालिकाका मेयरहरुले लन्च सहितको कार्यक्रम आयोजना गरेको कोरियाका लागी व्यवस्थापक डा. बिमल सुवेदीले जानकारी दिनुभयो ।







