कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच “स” ले आयोजना गरेको होली महोत्सवको आयब्यय सार्वजनि गरिएको छ ।
गत मार्च २४ तारिखमा सम्पन्न आनसान होली महोत्सवमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।
सोमबार पाँच “स” को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको आर्थिक प्रतिबेदन अनुसार महोत्सववाट ३०लाख १२ हजार ३ सय ५० वन बचत भएको जनाइएको छ । जसमध्ये सस्थागत तथा पदाधिकारी बाट प्राप्त सहयोग, ब्यक्तिगत सहयोग, खाना लगायत होली सामाग्री स्टल बाट जम्मा ६९ लाख ३२ हजार सय आम्दानी भएको र कार्यक्रम ब्यबस्थापन, साउण्ड सिस्टम लगायत बिबिध खर्चमा ३९ लाख २० हजार ४५० वन खर्च भएको उल्लेख गरिएको छ । महोत्सवमा बोलकबोल गरेका स्पोन्सर बाट अझै ४ लाख ५६ हजार वन उठ्न बाँकी रहेको प्रतिबेदन मा उल्लेख गरिएको छ ।
सवैको साझा संस्था भएकोले संस्थागत रूपमा भएको आम्दानी र खर्चहरूको पारदर्शिताका लागि विवरण सार्वजनिक गरिएको जनाइएको छ । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूणर् सहयोगदाताहरू, उक्त महोत्सवलाई प्रायोजन उपलब्ध गराउने कोरिया स्थित व्यवसायीहरू, तथा उक्त दिनको कार्यक्रममा उपस्थित भएर कार्यक्रम भव्य बनाउन सहयोग गर्नुहुने सम्पूणर् उपस्थित महानुभावहरूलाई संस्थाले धन्यवाद समेत व्यक्त गरेको छ ।
“साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित पाँच स समूहले परदेशमा रहेर पनि नेपाली धर्म संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै आएको छ ।






