आपतकालीन कोष स्थापना गर्न दक्षिण कोरियामा चलचित्र ‘महाजात्रा’ प्रदर्शन गरिँदै

0
168

कमला केसी/दक्षिण कोरिया
दैविप्रकोप वा विपदजन्य कुनै घटनावाट पिडित बनेकाहरुलाई आर्थिक सहयोग गर्ने उद्धेश्यले आपतकालीन कोष स्थापना गर्न दक्षिण कोरियामा नेपाली कथानाक चलचित्र महाजात्रा प्रदर्शन गरिने भएको छ ।
नवलपुर समाज दक्षिण कोरियाको आयोजनामा यहि मार्च ३१ गते आइतवार चलचित्र प्रदर्शन गर्न लागिएको हो । दक्षिण कोरिया स्थित मा प्रदर्शन हुने चलचित्र आइतवार दिउँसो साढे ११ बजेपछि शुरु हुने आयोजकले जनाएको छ । चलचित्र प्रदर्शन गर्नका लागि आयोजकलाई कोरियास्थित विभिन्न संघ संस्थाहरुले पनि सहयोग गरेका छन् ।
चलचित्र प्रदर्शनीको क्रममा संकलित रकमवाट आपतकालीन कोष स्थापना गरिने नवलपुर समाजका अध्यक्ष हरि कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिण कोरिया वा नेपाल जुनसकै ठाउँमा पनि आपत विपत परेको ठाउँमा तत्काल राहत प्रदान गर्न सकियोस भनेर यो कार्यक्रम गरिएको हो ।
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले पनि उक्त कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि सवै जिल्लाका समाजलाई आग्रह गर्नुभएको छ । पवित्र उद्धेश्य बोकेर प्रदर्शन गर्न थालिएको नेपाली चलचित्र महाजात्रा हेर्न र संस्थालाई सहयोग गर्न गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरीले अनुरोध गर्नुभएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्