क्षत्री समाज पर्वतको ५ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी

0
97

पर्वत- क्षत्री समाज पर्वतको १७ औ साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनमा समाजका केन्द्रिय उपाध्यक्ष तथा पर्वतका संस्थाप अध्यक्ष नर वहादुर कार्कीले क्षत्री समाज जातिय एकताका लागी स्थापना भएको वताउनु भयो । यस्ले सदियौ देखि मिलेर वसेको समाजलाई जातजातीमा विभाजन नगरी एकताको शुत्रमा वाध्ने काम गर्ने वताउनु भयो । आवश्यकता पर्दा राष्टकाली वलिदान गरेका क्षत्रीहरूको छुट्टै पहिचान भएको समेत वताउनु भयो । खस क्षत्रीहरूको साझा संस्था भएको समेत जानकारी गराउनु भयो । कारेयक्रममा सल्लाहकार वसन्त व सिके, अर्जुन व कार्की, जिल्ला समन्वय समितिका उप प्रमुख सोम जि सी क्षत्री समाज गण्डकी प्रदेशका सचिव लक्ष्मी अधिकारी, वाग्लुडका अध्यक्ष रूद्र महत, म्याग्दीका अध्यक्ष लक्ष्मी के सी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कारेयक्रममा स्थानिय तह निर्वाचनमा क्षत्रीवाट निर्वाचित १८ जना लाई सम्मान गरिएको थियो । कार्यक्ममा कोषाध्य नवराज भण्डारी, सचिव गणेश व क्षेत्री र अध्यक्ष कृष्ण व क्षेत्रीले पेश गर्नुभएको प्रगती प्रतिवेदन पास गरैको छ ।
उक्त अधिवेशन वाट २१ सदस्सीय जिल्ला समिति चयन भएको छ । निर्वाचन समितिका संयोजक तथा समाजका सल्लाहकार चन्द्र व क्षत्रीका अनुसार अध्यक्ष सरस्वती भण्डारी, उपाध्यक्ष गणेश व क्षत्री, महिला उपाध्यक्ष मिना वानिया थापा, सचिव कमल व जिसी,कोषाध्यक्ष तारा व थापा, सहसचिव ईन्दिरा भण्डारी लगायत १५ जना सदस्य सर्वसम्वत निर्वाचित भएको जानकारी दिनुभयो ।
समाजका अध्यक्ष कृष्ण वहादुर क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत वरिष्ठ उपाध्याक्ष ज्ञान व भण्डारीले र संचालन सचिव गणेश वहादुर क्षत्रीले गर्नु भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्