दक्षिण कोरियामा विदेशी प्रतिभाको खोजी, ‘Foreign Residents Got Talent’ हुँदै

0
24

दक्षिण कोरियाको Onnuri Happyseed Association को आयोजनामा छैटौँ Multicultural Harmony Festival अन्तर्गत ‘Foreign Residents Got Talent’ प्रतियोगिता आयोजना हुने भएको छ।

आगामी सेप्टेम्बर १३, २०२६ आइतबार दिउँसो ३ बजे Ansan Olympic Memorial Hall मा हुने प्रतियोगितामा ग्योङ्गी प्रदेशमा बसोबास गर्ने विदेशी नागरिकहरूले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा गायन, नृत्य, विभिन्न सांस्कृतिक प्रस्तुति तथा वाद्यवादन लगायतका प्रतिभा प्रस्तुत गर्न सकिनेछ। एकल वा समूह दुवै रूपमा सहभागी हुन पाइनेछ भने प्रत्येक प्रस्तुति ७ मिनेटभित्र सीमित हुनुपर्नेछ।

प्रतियोगिताको कुल पुरस्कार राशि २० लाख कोरियन वनभन्दा बढी रहेको छ। ग्रान्ड प्राइज १० लाख वन, गोल्ड प्राइज ५ लाख वन, सिल्भर प्राइज ३ लाख वन, ब्रोन्ज प्राइज २ लाख वन र प्रोत्साहन पुरस्कार १ लाख वन रहेको आयोजकले जनाएको छ। सहभागी सबैलाई सानो उपहारसमेत प्रदान गरिनेछ।

सहभागिताका लागि अगस्ट २९, २०२६ शनिबार साँझ ६ बजेसम्म आवेदन दिनुपर्नेछ। इच्छुकले happyseed001@naver.com मा इमेलमार्फत आवेदन पठाउन सक्नेछन्। आवेदनमा नाम वा समूहको नाम, राष्ट्रियता, सम्पर्क नम्बर, बसोबास क्षेत्र र एक मिनेटभित्रको प्रतिभा प्रस्तुतिको भिडियो अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन।सम्पर्क: 031-405-2433 / 010-7158-1894

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्