नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन जुलाई १२ मा, कांग्रेस नेताहरू कोरिया आउने

0
57

सियोल । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आगामी अधिवेशन जुलाई १२ तारिखमा सियोलमा आयोजना हुने भएको छ। अधिवेशनलाई विशेष बनाउन नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल तथा प्रतिनिधिसभा सदस्य एवं पार्टी सचेतक निस्कल राई दक्षिण कोरिया आउने कार्यक्रम तय भएको जनाइएको छ।

अधिवेशनका अवसरमा उहाँहरूले दक्षिण कोरियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल तथा समसामयिक विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ।

समितिका सभापति भजिन्द्र क्षेत्रीका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। कोरियाका विभिन्न क्षेत्रबाट प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो।

अधिवेशनले संगठनलाई थप सुदृढ बनाउने तथा प्रवासमा रहेका नेपालीहरूको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्