सिओलमा EB-3 USA इमिग्रेशन सेमिनार जनवरी ३ मा हुने

0
125

दक्षिण कोरियामा बसोबास गर्दै परिवारसहित अमेरिका (USA) स्थायी रूपमा बसाइ सर्ने इच्छा राख्ने नेपालीहरूका लागि EB-3 Unskilled Visa सम्बन्धी विशेष इमिग्रेशन सेमिनार हुने भएको छ। Pine Visa द्वारा आयोजना भएको यो सेमिनार २०२६ जनवरी ३ (शनिबार) का दिन सिओल, Four Points by Sheraton Hotel (Euljiro-3ga स्टेशन Exit 12) मा दिउँसो १:३० देखि ३:३० बजेसम्म सम्पन्न हुनेछ।
सेमिनारमा अमेरिकामा Green Card/PR प्राप्त गर्ने प्रक्रिया, EB-3 मार्फत जागिरसहित अमेरिका प्रवेश, परिवारसहित सेटल हुन आवश्यक कानुनी प्रक्रिया, भिसा विकल्प तथा आवेदनका चरणबारे विस्तृत जानकारी प्रदान गरिनेछ। साथै, अनुभवी इमिग्रेशन विशेषज्ञहरूसँग प्रत्यक्ष भेटघाट तथा One-on-One परामर्श को सुविधा पनि उपलब्ध हुनेछ।
आयोजकका अनुसार सिट संख्या सीमित भएकाले सहभागी हुन इच्छुकले गूगल फारममार्फत नाम दर्ता गरी सहभागिता सुनिश्चित गर्नुपर्नेछ। सेमिनारलाई अमेरिकामा सुरक्षित, स्थिर र उज्ज्वल भविष्यतर्फको महत्वपूर्ण सुरुआत मानिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्