नेपाल FATF को ग्रे–लिस्टमा दक्षिण कोरियामा बसेका नेपालीलाई अवैध कारोबार नगर्न नेपाली दूतावास सियोलको अपिल

0
97

सियोल । Financial Action Task Force (FATF) ले २०१७ सालदेखि नेपाललाई “Jurisdiction Under Increased Monitoring” अर्थात् ग्रे–लिस्ट मा राख्दै आएको छ। नेपालले वैदेशिक मुद्राको कारोबार, सुसूचना संकलन तथा आर्थिक अपराध नियन्त्रण सम्बन्धी कानुनी संरचनामा कमजोरी देखिएकाले यस्तो निगरानीमा राखिएको हो।

दक्षिण कोरियामा बसे–काम गरिरहेका नेपालीहरुबाट अवैध रुपमा धन पठाउने तथा प्राप्त गर्ने क्रियाकलाप बढ्दो अवस्थामा रहेको भन्दै नेपाली राजदूतावास, सियोलले कडा ध्यानाकर्षण गराएको छ। कोरियाली कानून अनुसार अवैध कारोबार गम्भीर अपराध मानिने भएकाले यसले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा थप जोखिममा पारिरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार, कोरिया सरकारले अवैध रकम कारोबारमा निगरानी कडा बनाएको छ र कुनै पनि शंकास्पद आर्थिक गतिविधिबारे जानकारी दूतावासलाई दिन conseoul@mofa.gov.np वा फेसबुक मेसेंजरमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।

दूतावासले भनेको छ,
“अवैध रुपमा पैसा पठाउने वा पठाउन लगाउने कार्य गम्भीर आपराधिक गतिविधि हो। यस्तो कार्यमा संलग्न जो कोही लाइ कानूनी कारबाही भोग्नुपर्नेछ।”

दूतावासले सबै नेपाली श्रमिकलाई वैध बैंकिङ प्रणालीमार्फत मात्र रेमिट्यान्स पठाउन आग्रह गर्दै, अवैध माध्यमबाट पठाएको रकम बैंकको Fixed Deposit मा राख्दा भन्दा १% बढी ब्याज पाइने भ्रममा नपर्न सचेत गराएको छ।

अन्त्यमा, दूतावासले कोरियामा रहेका सबै नेपालीलाई कानूनको पूर्ण पालना गर्दै सुरक्षित र पारदर्शी वित्तीय व्यवहार गर्न अपिल गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्