नेपाल खेलाडी संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन आज सुवनस्थित निम्तो रेष्टुरेन्टमा सम्पन्न भएको छ । अधिवेशनले आर.के. श्रेष्ठ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्षमा जमानसिंह गुरुङ र नबिन सिंह बिष्ट निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सागर गुरुङ चयन भएका छन् । सदस्यहरूमा सुर्य थापा, नरेश भण्डारी र बिरेन्द्र बिष्ट रहेका छन् ।
बरिष्ठ सल्लाहकारमा बुद्धी गुरुङ रहेका छन् भने सल्लाहकारका रूपमा मिलन श्रेष्ठ, चन्द्र तामाङ र राजु अधिकारी रहनेछन् ।







