”‘हिमाल’लाई जित दिलाउन नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाको साथ”

0
120

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत पिपल्स च्वाइसमा पर्न सफल हिमाल सुनारीलाई जिताउन सहयोग रकम आउने क्रम जारी रहेको छ ।

यसै क्रममा नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाले हिमाललाई जिताउन सहयोग गरेको छ । नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण प्रसाद शर्माको रोहबरमा नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाका उपाध्यक्ष श्रवण श्रेष्ठले नगद रु १ लाख २७ हजार ६१७ हिमाललाई हस्तान्तरण गरेका हुन्

पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गर्दै गण्डकी प्रदेशका खेलाडी हिमाल उत्कृष्ट खेलाडी मात्रै नभै लोकप्रिय खेलाडी समेत रहेको जनाउँदै टाइगर ग्रुप अफ नेपालका अध्यक्ष समेत रहेका शर्मा अवार्डमा सर्वाधिक मतका साथ जिताउन सबै संग आग्रह गरिए अनुसार दक्षिण कोरिया शाखाले सो रकम हस्तान्तरण गरेको बताए ।

सो रकम दक्षिण कोरिया शाखाका अध्यक्ष चन्द्र राना, वरिष्ठ उपाध्यक्ष अमित राना र उपाध्यक्ष श्रवण श्रेष्ठ कोषाध्यक्ष केदार गौतम लगायत  शाखाका सदस्यहरुले संकलन गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा प्रदेश खेलकुद परिषदका निवर्तमान उपाध्यक्ष धोज कुमार गुरूङ, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ, गण्डकी प्रदेश भलिबल संघका महासचिब टहल सिंह थापा मगर, टाइगर ग्रुपका कोषाध्यक्ष हरिकुमार श्रेष्ठ, जिल्ला खेलकुद कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, प्रशिक्षक रमेश केसी लगायतको सहभागिता रहेको थियो ।

यसै बीच संघका केन्द्रिय सल्लाहकार एवं टाइगर ग्रुपमा अध्यक्ष शर्माले व्यक्तिगत ५ हजार हिमाललाई हस्तान्तरण गरेका छन् । हिमाललाई जिताउन गण्डकी प्रदेशका सबै जिल्ला भलिबल संघका साथै स्वदेश तथा विदेशमा रहेका आम भलिबल प्रेमीहरुलाई आह्वान गरिएको शर्माले जानकारी दिए ।
पोखरामा हुने भनिएको २२ औं सस्करणको पल्सर स्पोर्टस अवार्ड मुलुकको बदलिदो राजनितिक परिवेशका कारण हालका लागि स्थागित गरिएको छ ।पोखरामा हुने भनिएको अवार्ड कार्यक्रम अब चाँडैनै नयाँ मिति घोषणा गरिने एनएसजेएफले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्