मोक्पो अदालतको फैसला आत्महत्या प्रकरणमा मालिक र टोली प्रमुखलाई जेल सजाय

0
126

गत फेब्रुअरीमा यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका तुल्सी पुन मगरलाई सताइ कुटपिट गर्दा आत्महत्या गर्न बाध्य भएको घटनामा अदालतले दोषीलाई सजाय सुनाएको छ। आज (अगस्ट २०) मोक्पो अदालतले फर्म मालिकलाई २ वर्ष कैद सजायसहित १० लाख वोन जरिवाना र टोली प्रमुखलाई ८ महिना कैद सजायको फैसला गरेको हो।

एमटीयु (Migrants’ Trade Union) ले दायर गरेको मुद्दा र लामो दबाबपूर्ण गतिविधिपछि अदालतले यस्तो फैसला गरेको हो। प्रवासी श्रमिकहरूले कार्यस्थलमा भोग्दै आएको भेदभाव, कुटपिट र अपमानजनक व्यवहार तत्काल अन्त्य गर्नुपर्ने एमटीयुले जनाएको छ।

यसैबीच, प्रवासी श्रमिकहरूको हकहितका लागि एमटीयुले आउँदो सेप्टेम्बर २१, आइतबार दिउँसो २ बजे सउल श्रम विभाग कार्यालय अगाडि राष्ट्रिय जुलुस गर्ने घोषणा गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्