पर्वत, २२ माघ ः पर्वतको सदरमुकाम कुश्माबजारका ९ वटा मासु पसलमा कुश्मा नगरपालिकाले सिलबन्दी गरेको छ ।
मापदण्ड विपरित सञ्चालन भएको भन्दै ९ वटा मासु पसलमा सिलबन्दी गरिएको हो । कुश्मा नगरपालिका वडा नं. ४ र ७ का १६ वटा पसलको अनुगमन गरिएकोमा ९ वटामा तोकिएको मापदण्ड पुरा नभएको पाईएपछि सिलबन्दी गरिएको कुश्मा नगरपालिकाले जनाएको छ । पटक पटक सुधार गर्न अनुरोध गरिएपनि अटेर गरेपछि सिलबन्दी नै गर्नुपरेको नगरपालिकाका पशु सेवा शाखा प
मुख डा. रुपक कँडेलले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिकाको पशु सेवा शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतका निकायको सहभागितामा मासु पसलको अनुगमन गरिएको हो । मासु पसलमा हुनुपर्ने प्रर्याप्त सरसफाईको अभाव, भित्ताहरुमा लगाउनुपर्ने टायल नलगाएको, मासु काट्ने, भण्डारण गर्ने, नापतौल लिने औजारमा कैफियत देखिएको शाखा प्रमुख डा. रुपक कंडेलले जानकारी दिए ।
अनुगमनको क्रममा कतिपय पसल दर्ता नै नगरेको समेत फेला परेको छ । अनुगमन टोलीले मापदण्ड नपुगेका पसललाई एक हप्ताको समय दिएर सुधारको लागि सुझाव दिएको डा. कँडेलले जानकारी दिए । उनले मानिसको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न नहुने भन्दै मापदण्ड नपुगे सम्म कुनै पनि मासु पसलको सिलबन्दी नखोलिने जानकारी दिए । यदि अटेर गरेर मासु पसल संचालनमा ल्याएमा कानून बमोजिम कारबाही गरिने चेतावनी समेत अनुगमन टोलीले दिएको छ । नगरपालिकाले नियमित रुपमा अन्य पसलहरुमा पनि अनुगमन गर्दै जाने जानकारी दिएको छ ।
तस्विर पनि छ ।






