स्पेन, म्याड्रिड — नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनको राजधानी म्याड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन गरेका छन्।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले विशेष स्वागत गर्दै रंगशालाको संरचना, इतिहास र अत्याधुनिक पूर्वाधारबारे जानकारी गराएका थिए। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले रियल म्याड्रिड क्लबको फुटबल इतिहास र सान्टियागो बर्नाबाउ रंगशालाको अत्याधुनिक निर्माणप्रति प्रशंसा व्यक्त गरेका थिए। 
रियल म्याड्रिड क्लब विश्वकै अग्रणी फुटबल क्लबमध्ये पर्छ, जसले हालै रंगशालामा ठूला पूर्वाधार विस्तार र आधुनिकीकरण सम्पन्न गरेको छ। भ्रमणमा प्रधानमन्त्री ओलीसँग नेपाली अधिकारीहरू समेत सहभागी थिए।






