फोनमनीको १ करोड वनको विजेता पुनःछनौट हुने

0
150

दक्षिण कोरिया, जुन ११ दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै फोनमनीले सञ्चालन गरेको “फोनमनी साथमा १ करोड हातमा” योजना अन्तर्गत घोषणा गरिएको प्रारम्भिक विजेताको नाम रद्द गरिएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै कानुनी प्रक्रिया तथा आवश्यक शर्तहरू पूरा हुन नसकेका कारण विजेताको नाम रद्द गरिएको जनाएको छ ।

फोनमनीका अनुसार उक्त योजनामा सहभागी ग्राहकहरूलाई अझ पारदर्शी र निष्पक्ष तरिकाले विजेता चयन गर्न आगामी जुन १५ तारिख, आईतबार, दोङदेमुनस्थित ३ नम्बर गेटमा रहेको फोनमनीको मुख्य कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिनेछ । कार्यक्रममा योजना अन्तर्गत नयाँ विजेता सार्वजनिक गरिनेछ ।

फोनमनीले छिटो, सुरक्षित र भरपर्दो सेवा दिने आफ्नो प्रतिबद्धता दोहो¥याउँदै योजनामा सहभागी सबै ग्राहकलाई आभार व्यक्त गरेको छ । साथै, कम्पनीले सम्पूर्ण सेवाग्राहीहरूलाई आगामी दिनहरूमा समेत नयाँ योजना र अफरहरूको फाइदा उठाउन अनुरोध गरेको छ ।

फोनमनीले थप जनाएको छ— “ग्राहकहरूको विश्वास हाम्रो पहिलो प्राथमिकता हो । हामी ग्राहकहरूको सेवा र विश्वास जित्न अझै मेहनतका साथ अघि बढ्नेछौं।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्