“राप्ती स्मारिका 2025 का लागि सामग्री संकलनको सार्वजनिक अनुरोध

0
176

दक्षिण कोरिया — प्रकाशित हुन लागेको “राप्ती स्मारिका 2025” का लागि लेख, रचना, शुभकामना सन्देश तथा अन्य सामग्री पठाउन सार्वजनिक अनुरोध गरिएको छ।

राप्ती समाज, दक्षिण कोरियाको इतिहास, संस्कृति, कोरियाली जीवनशैलीसँगको समन्वय, संस्थागत योगदान, प्रेरणादायी कथा, अनुभव र आगामी दिशा तय गर्ने उद्देश्यका साथ यस स्मारिका प्रकाशन गरिन लागिएको हो। स्मारिकामा विशेषगरी कोरियामा बसोबास गरिरहेका नेपालीहरूको भावना, सृजनशीलता, संस्थागत गतिविधि र सामाजिक योगदान उजागर गरिनेछ।

राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष अमृत केसीले जानकारी दिँदै इच्छुक लेखक, स्रष्टा तथा शुभेच्छुकहरूलाई “राप्ती स्मारिका 2025” मा आफ्नो लेख, रचना वा संस्थागत/व्यक्तिगत शुभकामना सन्देश समावेश गराउन ३० अप्रिल २०२५, बुधबारसम्म पठाउन अनुरोध गरेका छन्।

सामग्रीहरू निम्न इमेलमा पठाउन सकिनेछ:
raptisocietysouthkorea@gmail.com

थप जानकारीका लागि:
राप्ती समाज, दक्षिण कोरिया
फोन: ०१०-५४८८-५३३० / ०१०-९६५०-५९५१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्