प्रवासी श्रमिकमाथि अन्याय : श्रमिक तुल्सी पुनको आत्महत्याको घटनामा कडा कारबाहीको माग

0
19

मार्च २१, दक्षिण कोरिया – दक्षिण कोरियाको 영암स्थित बंगुर फार्ममा कार्यरत नेपाली श्रमिक तुल्सी पुनमाथि बिभिन्न किसिमका मानसिक र शारीरिक यातनाका कारण आत्महत्या गर्न बाध्य बनाइएको भन्दै प्रवासी श्रमिक संगठनहरूले आज मोक्पो श्रम कार्यालय अगाडि पत्रकार सम्मेलन गरेका छन्।

उक्त पत्रकार सम्मेलनमा सहभागी श्रमिक संगठनहरूले प्रवासी श्रमिकमाथि भइरहेको शोषण, अमानवीय व्यवहार, कार्यस्थल परिवर्तन गर्न नपाउने कानुनी जटिलता, र मालिकहरूको निरंकुश अधिकारको विरोध गर्दै तुरुन्तै कानुनी सुधारको माग गरेका छन्।

मुख्य मागहरू:

1. बंगुर फार्मका मालिक र टोली प्रमुखलाई तुरुन्त पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने।

2. प्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण रोक्न प्रवासी श्रम कानुन परिवर्तन

3. श्रम कार्यालयले कार्यस्थलको नियमित निरीक्षण गरी श्रमिकहरूको अवस्था सुधार गर्नुपर्ने।

4. प्रवासी श्रमिकलाई आफ्नो इच्छाअनुसार कार्यस्थल परिवर्तन गर्न पाउने अधिकार प्रदान गर्नुपर्ने।

वर्तमान कानुनअनुसार ईपिएस श्रमिकहरूले आफ्नो कार्यस्थल परिवर्तन गर्न स्वतन्त्रता नपाउने, मालिकहरूले मात्र कार्यस्थल परिवर्तनको अधिकार राख्ने भएकाले श्रमिकहरू जबरजस्ती काम गर्न बाध्य बनिरहेका छन्। मालिकहरूबाट हुने अमानवीय व्यवहार, कुटपिट, तथा मानसिक यातनाका कारण श्रमिकहरू आत्महत्यासम्म गर्न बाध्य भइरहेका छन्।

“समस्या व्यवस्थामा होइन, कानुनमै छ” भन्ने सन्देशसहित आन्दोलनरत श्रमिक संगठनहरूले यो खराब कानुन खारेज गर्ने र सुधार गर्ने अभियानमा सबै एकजुट भएर संघर्ष गर्नुपर्ने (MTU) का अध्यक्ष उदय राई ले जानकारी दिएका छन!

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्