कोरियाव्यापी खुल्ला कविता प्रतियोगिता जनवरी १९ मा हुने

0
47

कमला केसी/दक्षिण कोरिया
नेपाली साहित्यको जगेर्ना र प्रवद्र्धन गर्ने उद्धेश्यले दक्षिण कोरियामा कोरियाव्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।
ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा यहि जनवरी १९ तारीखमा प्रतियोगता हुने भएको हो ।
प्रतियोगितामा धेरै भन्दा धेरै स्रष्टाहरुले आफ्नो सृजना प्रस्तुत गर्ने आयोजकको अपेक्षा रहेको छ । कोरियाको ख्यङ्गीदो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहने नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङजु नेपाली एकता समाज साहित्यिक क्षेत्रको विकासका लागि लामो समयदेखि सक्रिय रहँदै आएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नुका साथै ख्यङ्गीदो प्रान्तलाई कवितामय बनाउनका लागि कोरियामा रहनुहुने सम्पुर्ण नेपाली भाषा साहित्यप्रेमी र समस्त नेपालीहरुलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रम विहान ११ बजेदेखि 광주 이주민나눔 센터 को सभा हल ■ 경기도 광주시 경안로 25번길 30 (3 मा हुने आयोजकले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्