श्रवण श्रेष्ठ/दक्षिण कोरिया
नेपाली कला संस्कृतिको पहिचान प्रवद्र्धन गर्दै प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले दक्षिण कोरियामा दक्षिण कोरियामा खोटाङ हलेसी सांगीतिक सौगात कार्यक्रम आयोजना गरिएको छ ।
सामाजिक कार्य र सहयोगार्थ खोटाङ सेवा समाज, दक्षिण कोरियाद्धारा “खोटाङ हलेसी संगीतिक सौगात भाग-५” कार्यक्रम आयोजना गरिएको हो । कोरियाको महत्वपुर्ण पर्व सलनालको अवसरमा आगामी २०२५ जनवरी २९तारिक मंगलवारमा दक्षिण कोरियाको सोलमा कार्यक्रम गरिने भएको हो ।
सांगीतिक कार्यक्रममा चर्चित गायक सबिन राई एन्ड द फ्यारो को विशेष प्रस्तुति रहनेभएको छ भने प्रतिभावान गायिका मीना राई र गायक केहर सिंह लिम्बू को पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम सोल स्थित टेहेरन होटल, गंगनाममा हुने भएको छ । यस कार्यक्रममा खोटाङ सेवा समाजले सामाजिक कार्यका लागि उठेको सहयोग कोषलाई अगाडि बढाउने योजना बनाएको छ । कार्यक्रममा विविध सांगीतिक प्रस्तुति, मनोरञ्जनका साथै खोटाङको पहिचानसम्बन्धी अभियान पनि समावेश गर्ने आयोजकको तयारी छ ।
कार्यक्रममा सहभागिताका लागि यहि नोभेम्वर १ देखिनै टिकट बुकिङ्ग भैरहेको छ । कार्यक्रमको प्रायोजकमा हानपास (रेमिट पार्टनर)र विभिन्न कोरियन र नेपाली संस्था रहेका छन् ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गरिएको छ ।
कार्यक्रममा सहभागिता र अन्य जानकारीका लागि तल उल्लेखित व्यक्तिसँग सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ ।
थप जानकारीको लागिः
– अमृत राईः ०१०-७३८८-८५०५
– लोचन राईः ०१०-३७९४-५३६८