सन् २०२५ लागि ईपीएसअन्तर्गत प्रवासी श्रमिकको कोटा निर्धारण, एक लाख ३० हजार श्रमिक कोरिया आउने

0
158

श्रवण श्रेष्ठ/दक्षिण कोरिया
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत सन् २०२५ को लागि प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ ।
शुक्रवार बसेको कोटा निर्धारण समिति को बैठकले विभिन्न १७ देशका लागि एक लाख ३० हजार श्रमिकको कोटा तोकेको हो । गत वर्ष सन् २०२४ मा एक लाख ६५ हजार श्रमिकको कोटा तोकिएको थियो । गत वर्ष भन्दा सन २०२५ मा झण्डै ३५ हजार कम कोटा तोकिएको छ ।
समितिको निणर्य अनुसार उत्पादन क्षेत्रमा ७२ हजार, पानीजहाज निर्माणमा २ हजार पाँच सय, निर्माण क्षेत्रमा २ हजार, कृषि क्षेत्रमा १० हजार, मत्स्यपालनमा ८ हजार ५ सय श्रमिक ल्याईने भएको छ । यसैगरी सेवा क्षेत्रमा ३ हजार, आवश्यकता अनुसार थप गर्नक ालागि ३२ हजार श्रमिक ल्याउने बताईएको छ ।
समितिले विशेष व्यवस्था भन्दै थप ७ हजार ७ सय ३० जना श्रमिकहरू कमिटेड कोटाबाट आउने जनाएको छ । भने बाँकी नयाँ श्रमिकहरू हुने उल्लेख गरिएको छ ।
यस अघि सन् २०२४ मा तोकिएको कोटाबाट हालसम्म ७० हजार ४ सय ६० जनाको मात्र रोजगार अनुमति जारी भएको छ । यो संख्या सम्पूणर् कोटाको ४७ प्रतिशत मात्र रहेको इपिएसले जनाएको छ ।
दक्षिण कोरिषमा हालसम्म रहेका श्रमिकहरूको संख्या ३ लाख, ३५ हजार ६ सय ३० रहेको छ । भने कोरियाको कानुन मन्त्रालयले २०२५ का लागि मौसमी प्रवासी मजदुरको कोटामा ७५हजार जना तोकेको छ । यो नयाँ कोटा निर्धारणले कोरियामा विभिन्न क्षेत्रमा कार्यरत प्रवासी श्रमिकहरूको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्