कमला केसी/दक्षिण कोरिया
अध्ययनका लागि दक्षिण कोरिया आएका एक युवा दुई महिनामै घातक रोग आन्द्राको क्यान्सवाट पिडित बनेका छन् ।
झापा जिल्लाका अमृत राजबंशी उक्त रोगवाट पिडित बनेका हुन् । दक्षिण कोरिया स्थित जोङ्बु युनिभर्सिटिमा पहिलो सेमेष्टरमा अध्ययनरत राजबंशीको उपचारका लागि आर्थिक सहयोग गरिदिन नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले अपिल गरेको छ । उनको उपचारका लागि ठुलो धनराशी खर्च लाग्ने भएपछि समाजले आर्थिक सहयोग संकलन अभियान थालेको हो ।
उनि अहिले स्पतालमा उपचाररत रहेका छन् । उनि अहिले कम्तिमा एक महिना अस्पताल बस्नुपर्ने र भविष्यमा उक्त रोग निको पार्नका लागि कति समय बस्नुपर्ने भन्ने अनिश्चित रहेको छ ।
सवैको सानो सानो सहयोगवाट अमृतको उपचारका लागि महत्वपुणर् भूमिका खेल्ने भएकाले कोरिया तथा अन्य स्थानमा रहेका शुभेच्छुकहरुसँग सहयोगको अपिल गरिएको हो । सहयोगका लागि थप जानकारी यसै समाचारमा रहेको ब्यानरमा उल्लेख गरिएको छ ।