फोनमनीबाट काठमाण्डौमा घर जित्न अब ३ साता मात्र बाँकी

0
15

दक्षिण कोरिया/२५ अक्टुबर
कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्ने ईभेन्टमा सहभागि हुन अब ३ साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफरको ग्लोबल अफर अन्र्तगत कोरियाको आधिकारिक रेमिट फोनमनीबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ ।
चाडबाड लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ ।
कोरियाबाट पैसा ईसेवामा,घर काठमाण्डौमा भनेर फोनमनी मार्फत कोरियाबाट पैसा पठाउन सकिने बताइएको छ ।
ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच ईमाडोलमा रहेको घर सार्वजनिक गरेका थिए ।
यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत गत साता श्रीकृष्ण तिमिल्सिना १३ औ पैसा डबल बिजेता बने भने त्यस अघि १२ औं बिजेता बिसाल गुरुंग थिए । १३ जना पैसा डबलको बिजेता बनेपछि यो योजना कोरियाको नेपाली माँझ प्रख्यात भएको छ । १३ जनाको पैसा डबल भएपछि थप अवधिमा पैसा डबल र १ करोड वन जित्नको लागि नेपालीहरुले चासो व्यक्ति गरिरहेको कम्पनीको दावी छ ।
१ करोड को योजना रहेको २०२४ को वर्षभरि साप्ताहिक फोनमनीको पैसा डबल योजना रहने कम्पनीले जनाएको छ । हरेक साता सोमबारबाट आईतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन । फोनमनीले सर्भिस चार्ज फ्रि गरेर उचित मुल्यमा ग्राहलाई उत्कृष्ट सेवा दिनाको साथ डिभाईस डिटेक्टर प्रविधिबाट सुरक्षाको पनि विशेष प्रवन्ध गरेको छ ।
नेपालीको विश्वासिलो रेमिट फोनमनीले संचालनको छोटो समयमा नेपाली ग्राहकहरुले दिनुभएको साथ र समर्थनको लागि धन्यवाद समेत व्यक्त गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्