श्रवण श्रेष्ठ/दक्षिण कोरिया
प्रवासमा स्थापना भएर सामाजिक सेवामा सक्रिय रहँदै आएको स्याङ्जा परिवार समाज दक्षिण कोरियाको १३ औँ केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनलेसुशिल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा माधब अर्याल, उपाध्यक्षमा अर्जुन अर्याल, टोप थापा मगर, कृष्ण प्रसाद न्यौपाने रहनुभएको छ । संस्थाको सचिवमा टोजिन्द्र गुरुङ, सहसचिवमा हिमाल खनाल र गुरुदत्त डुम्रे, कोषाध्यक्षमा खिम सिंजाली र सह कोषाध्यक्षमा झरन राना रहनुभएको छ ।
समिति सदस्यहरुमा नशान्त सुवेदी, अमृता केसी, विशाल ढकाल, सन्तोष महत, नुतन गुरुङ, टौमाया गुरुङ, रोशन गोतामे, युवराज राना, अनिता विश्वकर्मा रहनुुभएको छ ।
यस अघि आयोजित उद्घाटन कार्यक्रममा नेपाली दुतावास दक्षिण कोरियाका द्वितिय सचिव सुर्य थापाले प्रवासमा रहेर पनि सामाजिक सेवा भाव र नेपाल र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हितका निम्ति संस्थाले गरेका कामको प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, महासचिव विदुर शर्मा, अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजका महासचिव राजेश पाण्डे, एनसिसीका अध्यक्ष हरि खनाल, उपाध्यक्ष हर्क विष्ट, महासचिव दिपक थापा, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गरुङ, मगर सघका अध्यक्ष तुल घर्ती लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका अध्यक्षुहरुको पनि सहभागिता रहेको थियो ।
१३ औं केन्द्रिय अधिवेशन निर्वाचन कमिटीको सयोजक कुमार थापा रहनुभएको थियो ।
स्याङ्जा परिवारले स्थापना कालदेखी नै थुप्रै उदाहरणीय कार्य गर्दै आएको छ । आपसी सद्धभाव, भाईचारा कायम राख्दै विभिन्न उल्लेखनीय,रचनात्मक एवम् सामाजिक कार्यहरु गर्दै आईरहेको संस्थाले जनाएको छ ।






