कमला केसी/दक्षिण कोरिया
आपतकालीन राहत कोष स्थापनाका लागि गण्डकी प्रदेश समाज अन्तर्गतको लमजुङ परिवार दक्षिण कोरियाले मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ कार्यक्रम गर्ने भएको छ ।
आगामी सेप्टेम्बर १५ तारिखमा पर्ने कोरियाको महान पर्व छुसकको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमको तयारी र प्रचारप्रसारका लागि भोली अर्थात अगष्ट ३१ मा भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सुवन स्थित कामना सभा हल मा भोली साँझ ९ बजे भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि गण्डकी प्रदेश समाज दक्षिण कोरियाले भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ ।
सांगीतिक सौगात भाग -३ “THE EDGE Band live in Seoul “ को कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि लमजुङ परिवारले गत अगष्ट १८ तारिक आइतवार पोष्टर सार्वजनिक समेत गरिसकेको छ ।
लमजुङ परिवार दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष सन्तोष दिंगलले कार्यक्रमको तयारी तीब्र रुपमा भैरहेको जनाएको छ । भोलीको भेटघाट तथा पत्रकार सम्मेलनमा सहभागिताका लागि कोरियामा रहनुहुने नेपाली संञ्चारकर्मी, कोरियामा क्रियाशिल संघ संस्थामा रहनुहुने पदाधिकारी र प्रतिनिधि, अग्रज एवं बुद्धीजीबी वर्ग, विभिन्न पेशा व्यवसायमा आवद्व व्यवसायी लगायत बिभिन्न उद्धेश्यका साथ कोरिया रहनुहुने संपूणर् नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई गण्डकी प्रदेश समाजले आमन्त्रण गरेको छ ।






