दक्षिण कोरियामा आयोजित रारा सांगितीक सौगातको तयारी तीब्र

0
327

कमला केसी/दक्षिण कोरिया
आपतकालीन राहत कोष सहयोगार्थ कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्धारा आयोजित रारा सांगितीक सौगात भाग-१को तयारी तीब्र पारिएको छ ।
कोरियाको महान चाड छुसकको अवसरमा आगामी सेप्टेम्वर १६ तारिक सोमवार आयोजित कार्यक्रमको तयारी तीब्र पारिएको छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि समाज तयारीमा जुटेको छ ।
कार्यक्रम नजिकिदै जाँदा अतिथि आमन्त्रण, कलाकार आमन्त्रण तथा भिषा व्यवस्थापन, हल व्यवस्थापन, आर्थिक व्यवस्थापन लगायतका तयारीहरु भैरहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा चर्चित गायक प्रमोद खरेलको विशेष प्रस्तुती रहने छ भने गायिका मेलिना राई, डेउडा गायिका सुनिता विसि, मोडल आश्मा विश्वकर्मा, लोक गायक भागिरथ चलाउने, हास्य कलाकार मेक्सम गौडेल लगायत स्थानीय कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।
दक्षिण कोरिया स्थित 서울시 종로구 대학로3길29(연지동135) 100주년기념관 मा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि संचालन हुने आयोजकले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्