दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको प्रवास संगठन समिति औपचारिक रूपमा गठन गरिएको छ। पार्टीलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ विदेश विभाग सदस्य विक्रम बज्यू तामाङको संयोजनमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवगठित समितिको अध्यक्षमा अभिषेक थिङ तामाङ चयन भएका छन्। महिला उपाध्यक्षमा उरुशा शाख, उपाध्यक्षमा शमशेर तामाङ, सचिवमा टीका मोक्तान तामाङ र कोषाध्यक्षमा धुर्व तामाङ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा प्रकाश तामाङ, सुनिता ब्लोन तामाङ, टासी तामाङ थिङ, राजेश तामाङ, पेम्बा ग्याल्बो तामाङ, सञ्जित तामाङ, सोम योन्जन तामाङ, प्रताप न्यासुर तामाङ, गोपाल स्याङबो तामाङ, मिन आले मगर, रमेश शाक्य, दिल तामाङ, मनिषा तामाङ, राम तामाङ, उपेन्द्र तामाङ, राजन तामाङ, राजकुमार लामा, रूपक तामाङ र अमर लामा चयन भएका छन्।
कार्यक्रममा मेसेन्जर भिडियो कलमार्फत पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। दक्षिण कोरियामा प्रवास संगठन विस्तार हुनु पार्टीका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनलाई लक्षित गरी सक्रिय र योजनाबद्ध रूपमा अघि बढ्न निर्देशन दिनुभयो।
कार्यक्रममा सहभागीहरूले एकता, अनुशासन र सकारात्मक सोचका साथ संगठनलाई अगाडि बढाउने प्रतिबद्धता जनाउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्य प्राप्तिमा समर्पित रहने बताएका थिए।






