दक्षिण कोरिया – कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनि हानपासले नेपाली ग्राहकमहानुभाबहरुलाई मध्यनजर गरेर कोरियाबाट नेपाल पैसा पठाउदा नेपाली प्रमुख चाडपर्वको अवसरमा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
“HANPASS को बहार, चाडपर्वमा उपहार नै उपहार !” भन्ने नारासहित सुरु भएको यो योजना अन्तर्गत कोरियाबाट नेपाल पैसा पठाउने ग्राहकले दशैं, तिहार र छठ पर्वमा उपहार जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार उपहार योजनामा भाग्यशाली ग्राहकले पाउने उपहारमा पहिलो पुरस्कार iPhone 17 Pro Max, दोस्रो पुरस्कार वासिङ मेसिन, तेस्रो पुरस्कार स्मार्ट टिभी, चौथो पुरस्कार फ्रिज र पाँच जना विजेताका लागि स्मार्ट वाच रहेका छन्।
HANPASS ले भनेको छ – “आफ्न्तलाई माया पनि, उपहार पनि। कोरियाको कमाई हानपासबाट नेपाल पठाई, दशैं–तिहार र छठ रमाइलो तरिकाले मनाऔं। किनकि हानपासबाट हात खालि नजाने उपहार योजना नै योजना छ।”
यो विशेष योजना सेप्टेम्बर २९ (फुलपातिको दिन) देखि अक्टोबर ३१, २०२५ सम्म सञ्चालन हुनेछ। यस अवधिमा हानपासमार्फत नेपाल रकम पठाउने सबै ग्राहकमहानुभावहरु उपहार योजनामा सहभागी हुनसक्नेछन्।






