सुवनस्थित उरि हिमालयन रेष्टुरेन्टको सभाहलमा MRR Team Korea ले सञ्चालन गरेको अभियानबारे आज एक पत्रकार सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा हालसम्मको संकलन, खर्च विवरण तथा आगामी योजनाहरू सार्वजनिक गरिएको छ।
आर्थिक संयोजक केदार गौतमका अनुसार हालसम्म कोरियामा ३,५१,१९,७४१ कोरियन वोन र नेपालको खातामा ३७,००० रुपैयाँ संकलन भएको छ। अर्का अभियन्ता सुजन उप्रेतीले अभियान अन्तर्गत भएको खर्च विवरण प्रस्तुत गर्दै हालसम्म १,१७,५०० रुपैयाँ खर्च भइसकेको जानकारी दिए।
अभियन्ताहरूका अनुसार, नेपालमा अत्यावश्यक परेको अवस्थामा मात्र रकम पठाइएको र सहयोगको अपिल आएमा वास्तविक पीडित पहिचान गर्न क्रस-जाँच गरेर मात्र सहयोग पुर्याउने गरिएको छ। उनीहरूले आन्दोलनमा घाइतेहरू अझै पनि विभिन्न अस्पतालमा उपचाररत रहेको र आकस्मिक आवश्यकताका लागि आफूहरू सधैं तयार रहेको बताए।
साथै, टोलीले आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान गरी मृतकको परिवारलाई ५०/५० हजार रुपैयाँ किरिया खर्चवापत उपलब्ध गराउने योजना रहेको जानकारी गराएको छ।
कार्यक्रममा बोल्दै अभियन्ताहरूले,
“यदि तपाईंको परिचयमा कोही घाइते भएर उपचारमा समस्या भोगिरहेका छन् भने हामीलाई सम्पर्क गर्नुस्,” भनी अपिल गरेका छन्।
अन्त्यमा MRR Team Korea का तर्फबाट अभियानमा साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आर्थिक पारदर्शितामा ढुक्क हुन हार्दिक अनुरोध गरिएको छ।
आयव्ययको सम्पूर्ण विवरण लाईभ रेकर्ड न्युजकेन्द्रबिन्दुमा हेर्न सकिने छ ।







