कोरियामा २०औँ बहुसाँस्कृतिक कार्यक्रम (MAMF) भव्य रूपमा हुने

0
180

दक्षिण कोरियामा हरेक वर्ष आयोजना हुँदै आएको बहुसाँस्कृतिक कार्यक्रम MAMF (Migration & Asia Music Festival) को २०औँ संस्करण आगामी अक्टोबर २४, २५ र २६ मा भव्य रूपमा आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना 경남 이주민 센터 차원 द्वारा गरिँदैछ। यस वर्षको कार्यक्रममा दक्षिण कोरिया सहित १६ वटा देशका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्।

कार्यक्रममा सहभागी राष्ट्रहरूले आफ्नो-आफ्नो देशको कला, संस्कृति र मौलिक पहिचानलाई झल्काउने विभिन्न प्रस्तुतीहरू प्रस्तुत गर्नेछन्। यस क्रममा नेपाली समुदायले पनि आफ्नो मौलिक कला, संस्कृति, भेषभूषा र सम्पदालाई विश्वसामु परिचित गराउने लक्ष्यसहित सहभागिता जनाउनेछ।

यस वर्ष नेपाली समुदायले विशेष रूपमा नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) लाई प्रमोट गर्ने तयारी गरेको छ। कार्यक्रमको मुख्य आकर्षण मानिने परेडमा पनि यसै संस्कृति प्रस्तुत गरिनेछ। साथै, एसियान म्युजिक कन्सर्टमा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार मिलन नेवारको प्रस्तुति रहनेछ। कोरियामा रहेका स्थानीय कलाकारहरूले पनि विभिन्न कला-संस्कृति झल्काउने प्रस्तुती दिने तयारी गरेका छन्।

यो कार्यक्रमलाई भव्य र सफल बनाउन कोरियामा रहेका नेपाली संघसंस्था र सम्पूर्ण नेपाली समुदायको सक्रिय सहयोग र सहभागिताको अपेक्षा गरिएको छ। साथै, आयोजकहरूले सम्पूर्ण नेपालीलाई यस कार्यक्रममा उपस्थित भई नेपालको पहिचानलाई अझै उजागर गर्न हार्दिक निमन्त्रण गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्