प्रवासी नेपालीहरूको साझा संस्था ख्याङ्जु नेपाली एकता समाजले आफ्नो तेस्रो अधिवेशन आगामी २०२५ सेप्टेमबर ७ गते सम्पन्न गर्ने भएको छ।
“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस समाजले प्रवासी नेपालीबीच आपसी एकता, सहयोग र संस्कृतिको संरक्षणलाई प्राथमिकता दिँदै आएको छ। अधिवेशनमा समाजको वार्षिक समीक्षा, आगामी कार्ययोजना, तथा नयाँ नेतृत्व चयनसमेत हुने जनाइएको छ।
समाजका पदाधिकारीहरूले अधिवेशनलाई सफल बनाउन ग्याङ्जु र आसपासका नेपालीहरूलाई उपस्थित रहन आग्रह गरेका छन्।






