मोक्पो नजिकै नेपाली युवाको असामयिक निधन

0
183

मोक्पो, दक्षिण कोरिया । मोक्पो स्टेसनबाट करिब ३० किलोमिटर टाढा रहेको अन्डा उत्पादन कम्पनीमा कार्यरत एक नेपाली युवकको सुतेकै अवस्थामा असामयिक निधन भएको छ। १९९३ मा जन्मिएका ती युवकले कोरियामा एक कार्यकाल पूरा गरि दोस्रो कार्यकालको करिब दुई वर्ष पूरा गरेका थिए।

जानकारी अनुसार मृतक विवाह गरेर कोरियामा आएका थिए। उनी मध्यपान वा धूम्रपान नगर्ने स्वभावका रहेको बुझिएको छ। घटनापछि नेपाली समुदायका प्रतिनिधिहरू कम्पनी र शवगृह पुगेर अवस्था बुझ्ने कार्य भइरहेको छ।

यस क्रममा संरक्षक गंगा राजन मगरले आधिकारिक दोभाषेको जिम्मेवारी लिँदै कम्पनी तथा प्रहरीसँग समन्वय गरिरहेका छन्। घटनाबारे आज साँझसम्म स्पष्ट आधिकारिक विवरण आउने अपेक्षा गरिएको छ।

नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष अन्जन थापा मगरले घटनाबारे प्रारम्भिक जानकारी दिँदै मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

हाल निधनको कारण खुलेको छैन, प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्