दक्षिण कोरियामा हुने भलिबल प्रतियोगिताको वाँडफाँड सम्पन्न

0
42

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा हुने भलिबल प्रतियोगिताको कार्यक्रम बाँडफाँड सम्पन्न भएको छ । यहि आगामी अप्रिल २७ तारिकदेखि नोभेम्वर २ सम्म दक्षिण कोरियाका विभिन्न स्थानमा हुने प्रतियोगिता बाँडफाँड गरिएको हो ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित स्थापित नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाले वाडँफाँड टुगो लगाएको हो । भलिबल प्रतियोगिताहरुलाइ व्यवस्थित र पारदर्शी ढंगले आयोजना गर्नका लागि जनवरी २६ तारिखमा सिओलमा भएको  कार्यक्रममा १२ वटा संस्थालाई वाँडफाँड गरिएको संघले जनाएको छ ।
अप्रिल २७ को लागि पर्वत समाज दक्षिण कोरिया, मे ४ मा मोक्पो साम्हो चौतारी, मे १८ मा छङ्उप नेपाली समाज, जुन ८ को लागि नेपाल गोरखा परिवार दक्षिण कोरियालाई जिम्मेवारी दिईएको छ । यसैगरी जुन २९ मा थेसो परिवार, जुलाई १३ मा बागलुङ समाज दक्षिण कोरिया, अगष्ट ३ मा स्याङ्जा परिवार दक्षिण कोरिया, अगष्ट ३१ म छुङ्जु नेपाली समाजले खेल संचालन गर्ने भएको छ ।
यसैगरी सेप्टेम्वर २१ म सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, अक्टोवर ५ मा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, अक्टोवर १९ मा नेपाल मगर संघ दक्षिण कोरिया र नोभेम्वर २ मा नेपाल भलिवल संघ दक्षिण कोरियाले खेल संचालन गर्ने भएको छ ।
सवै प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक सहयोग, सद्भाव र सहकार्यका लागि संघले अनुरोध गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्