कमला केसी/दक्षिण कोरिया
प्रेम कथामा आधारित “बाधाहरू आधाआधा साटौला’’ बोलको गित भ्यालेन्टाईने डेकै अवसर पारेर म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ ।
पछिल्लो समय नेपाली म्युजिक भिडियोको एडिटिङ र कलर ग्रेडिङमा उत्कृष्ट कलाले आफ्नो पकड बनाइरहेका स्याङ्जाका सुजन कोइरालाले आफ्नै निर्देशन र अभिनयमा प्रेम दिवसको अवसर पारेर “बाधाहरू आधाआधा साटौला“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
प्रविसा अधिकारी र गुरु रेग्मीको आवाजमा सजिएको गीत को शब्द सुरज गैरेले लेख्नुभएको थियो भने संगीत एरेन्ज र मिक्सिङ विशाल निरौलाको रहेको थियो साथै रेकर्डिङ अलंकार स्टुडियोमा गरिएको थियो ।
दुई प्रेमीको प्रेम कथामा आधारित गीतको भिडियोमा सुजन कोइराला र शिवा राईको अभिनय रहेको छ भने अमर सुनारको कोरियोग्राफी रहेको छ। क्यामेरा राजेश घिमिरे, मेकअप बिमला तामाङ, टेक्निकल एडभाइजर राजेन्द्र अर्याल, ड्रेस कुसुम क्रिएसनको रहेको छ । म्युजिक भिडियोको एडिटिङ तथा कलरिङ आर्ट सिने स्टुडियोबाट गरिएको थियो ।
भिडियो सम्पादकको रूपमा काम गरेको तीन वर्षमै लोकदोहोरी विधाबाट भिडियो सम्पादकको रुपमा रङ्ग दर्पण म्युजिक अवार्ड तथा गलबन्दी म्युजिक जस्ता अवार्डले सम्मानित कोइरालाले काठमाडौँमा आर्ट सिने स्टुडियो सञ्चालन गर्दै आउनुभएको छ । सुजन कोइरालाले एडिट तथा कलरिङ गरेका थुप्रै म्युजिक भिडियोहरू बजारमा चर्चित छन् ।